|  

BREAKING

गत आर्थिक वर्षमा ट्राफिक प्रहरीले संकलन गर्यो १ अर्ब ८८ करोड १४ लाख रुपैया राजस्व

१५ श्रावण २०८१, मंगलवार ०५:१७ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । ट्राफिक प्रहरीले एक वर्षमा १ अर्ब ७५ करोड ८१ लाख राजस्व उठाएको छ । २०८० साउनपछिको एक वर्षमा ट्राफिक जरिवानाबाट १ अर्ब ७५ करोड ८१ लाख ८६ हजार राजस्व सङ्कलन गरिएको प्रहरी प्रवक्ता (डीआईजी) दान बहादुर कार्कीले बताए ।

गत आर्थिक वर्षमा ट्राफिक प्रहरीले १ अर्ब ८८ करोड १४ लाख सङ्कलन गरेको थियो । आर्थिक वर्ष २०७९–०८० को तुलनामा ट्राफिक जरिवाना बापत सङ्कलन गरिने राजस्व रकम घटेको छ ।

१५ श्रावण २०८१, मंगलवार ०५:१७  मा प्रकाशित

Write your Comment

Top Brands