|  

BREAKING

मकवानपुरको ज्यामिरेमा बस दुर्घटना हुँदा २० जना घाइते

१८ जेष्ठ २०८१, शुक्रबार ०३:५६ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


मकवानपुर।पूर्व-पश्चिम लोकमार्ग सडक खण्ड अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर-९ ज्यामिरेमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट नेपालगंज जाँदै गरेको ना ५ ख ५५१५ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान अनियन्त्रित भई सडकको दाहिने साईडको नालीमा खसेको थियो । बसको अगाडीको पट्टा भाँचिएका कारण बस अन्यित्रित भएको सवारी चालकले बताएका छन् ।

घाइते २० जना मध्ये ११ जना स्थानीय मनहरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने ९ जनाको चितवन स्थित नयाँ मेडिकल कलेजमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।

उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरी भनाइ छ । बस चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

१८ जेष्ठ २०८१, शुक्रबार ०३:५६  मा प्रकाशित

Write your Comment

Top Brands