१६ जेठ । हेटौंडा भैसे–भीमफेदी– काठमाडौँ सडकखण्डको भीमफेदी ६ जुरिखेतमा कार दुर्घटना भइ सडकबाट २५० मिटर तल खस्दा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई बालिका भएको मकवानपुर प्रहरीले जनाएको छ।
काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको बा ६ च ९३७९ नम्बरको कार बुधबार अपरान्ह अनियन्त्रित भई सडकबाट २५० मिटर तल खस्दा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
घाइते ५ जना मध्ये तीन जनाको उपचारका क्रममा ज्यान गएको मकवानपुर प्रहरीले जनाएकाे छ । अन्य घाइतेहरुको हेटौडा स्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ।