काठमाडौ नेपालको व्यापारिक हृदयस्थली मानिने न्युरोड क्षेत्रमा, सडक खन्ने कामपछि बाटो किनारलाई पहिलाकै जस्तो बनाउने सम्बन्धमा काठमाडौं महानगरपालिकालाई सडक डिभिजन काठमाडौंले पत्र काटेको छ।
पैदलमार्ग बनाउने बहानामा महानगर जस्तो जिम्मेवार निकायको अनुमति बिना विशाल बजार अगाडि दायाँबायाँ सडक खनेको थियो । डिभिजन कार्यालय लगायत सडक विभागको कुनै अनुमति नलिई कोहि पनि व्यक्ति, संस्था वा निकायले सार्वजनिक सडक खन्न पाउने अधिकार कानुन नभएको भन्दै पत्र मार्फत डिभिजन कार्यालयले महानगरलाई ध्यानाकर्षण गराएको छ ।
डिभिजन कार्यालयको कुनै अनुमति बिना न्युरोड क्षेत्रका सडक दायाँ-बायाँ काटेको भन्दै शनिबार दिउँसो महानगरको डोजर र मेसिनलाई डिभिजन कार्यालयले नियन्त्रणमा लिएर बिनाअनुमति यस्तो कार्य नगर्ने सर्तमा छोडेको थियो ।
त्यसको जवाफमा महानगर प्रमुख मेयर बालेन शाहले माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्युलाई सम्बोधन गर्दै यस्तो स्टाटस लेखी :
मिनभवनस्थित डिभिजन कार्यालयको गेटमै एक ट्रक फोहोर फाल्न लगाएका थिए । महानगरले ‘अराजक’ व्यवहार गरेको भन्दै डिभिजनले आगामी दिनमा मेयर बालेनको यस्तो कदम डिभिजन कार्यालयलाई सह्य नहुने र यसको प्रतिकार गर्ने चेतावनी दिएको समेत दिएको थियो ।