|  

BREAKING

बनेपामा  ७ वटा गाडी एकआपसमा ठोकिदा भयानक दुर्घटना

१६ जेष्ठ २०८१, बुधबार १७:०१ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


काभ्रेपलाञ्चोकको  बनेपामा  ७ वटा गाडी एकआपसमा ठोक्किदा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज भएको दुर्घटनामा काभ्रे पनौती २ का ४८ वर्षीय प्रकास सापकोटा र बनेपा ५ की देविना कर्माचार्य घाइते भएकी हुन् ।

उनीहरुको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । सापकोटाको मुख, च्यापु, घाँटीमा चोट लागेको छ यता कर्माचार्यको बाँया खुट्टामा चोट लागेको छ ।

१३ साँगाको पुतली रिसोर्ट अगाडि हाईवेको साईडमा रोकी राखेको बा.प्र.-०१००३ क ९९४५ नं. को ट्यांकरसँग साँगाबाट बनेपातर्फ आइरहेको बा.६३ प ७ नम्बरको मोटरसाइकल ठोकिएको थियो ।बा.प्र.-०२-०४४ प ०५७३ नम्बरको स्कुटी, सोही दिशाबाट आइरहेको बा. ७ च ४५३७ नम्बरको कार सोही ट्यांकरमा गई ठोकिएको र बा.प्र.-०१-०२६ च ९२३९ नम्बरको योद्धा गाडी कारमा गई ठोकिएको, BACO123 नम्बरको कार योद्धा गाडीमा गई ठोकिएको, ना‍.७ ख ५४१ नम्बरको मालबाहक ट्रक गई सोही कारमा गई ठोकिएको प्रहरीले जनाएको छ ।

१६ जेष्ठ २०८१, बुधबार १७:०१  मा प्रकाशित

Write your Comment

Top Brands