|  

BREAKING

अवस्था ठिक नभएका ५३ सवारी चालक ट्राफिक कारबाहीमा

१६ जेष्ठ २०८१, बुधबार ०९:२० प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


भक्तपुर । ट्राफिक प्रहरीले यान्त्रिक अवस्था ठिक नभएका सवारी चलाउने ५३ वटा सवारी साधनका चालकलाई कारबाही गरेको छ ।

भक्तपुरको ठुलोवेशीमा बुधबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका सवारी साधन चलाउने चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

८० भन्दाबढी सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ५३ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको हो ।

अवस्था ठिक नभएका सवारी साधन चलाउँदा सवारी दुर्घटनाको सम्भावना रहने र त्यसबाट यात्रु तथा सडक प्रयोगकर्ताको जीवन जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्नको लागि सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट ट्राफिक प्रहरीको टोली भक्तपुरको टुरिष्ठ बसपार्क नजिकै ठुलोवेशी क्षेत्रमा आज खटिएको थियो ।

सवारी साधन मर्मत पश्चात् तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

नियमित रुपमा आफ्नो सवारी साधनको अवस्था चेक गरी आवश्यक मर्मत सम्भार गरेर मात्रै सवारी साधन सञ्चालन गर्नु हुन सम्पुर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले अनुरोध गर्नुभएको छ ।

 

 

श्रोत: रेडियो नेपाल

१६ जेष्ठ २०८१, बुधबार ०९:२०  मा प्रकाशित

Write your Comment

Top Brands