सरकारले हालैमा कर बढाउँदा ईभी (इलेक्ट्रिक भेहिकल) मा परेको प्रभाव स्पष्ट देखिएको छ। यस कदमले ईभीको मूल्यमा चाँडै बढोत्तरी गरेको छ, जसले ग्राहकहरू तथा बिक्रेताहरू माझ थप चुनौतिहरू सिर्जना गरेको छ।
कर बढेसँगै ईभीमा परेको असरको सामान्य अवलोकन
कर वृद्धि भएसँगै ईभीको मूल्यमा स्पष्ट बढोत्तरी देखिएको छ। यसले ग्राहकहरूको खरीद क्षमतामा प्रत्यक्ष असर पारी, बिक्रीमा कमी आउने देखिएको छ ।
अहिले भएको कर वृद्धि अनुसार साना गाडीमा ३ लाखदेखि ठूला गाडीमा २० लाखसम्म मूल्य बढ्ने देखिन्छ तर अधिकांश बिक्री हुने विद्युतीय गाडी १०० किलोवाट मूनिका छन् । कर वृद्धि भएसँगै ग्राहकहरूले ईभी प्रति चासो घटाउन थालेका छन्। मूल्य वृद्धिले मागमा स्पष्ट रुपमा कमि ल्याउने देखिन्छ ।