|  

BREAKING

ललितपुरको भट्टेडाँडामा ट्याक्टर र मोटरसाइकलमाथि खस्यो सुख्खा पहिरो, २ जना घाइते

१६ जेष्ठ २०८१, बुधबार ०२:३८ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


काठमाडौ । दक्षिण ललितपुरको भट्टेडाँडा कार्कीबासमा सुख्खा पहिरो थिचेपछि दुई जना यात्रु घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकल चालक हल्दा मिया मन्सुरी र मोटर साइकल पछाडि बस्ने यात्रु मा ट्याक्टर र अव्दुल हविव मिया रहेका छन् । मोटरसाइकल चालक भने गम्भीर घाइते भएका छन् ।

मोटरसाइकलमाथि सुख्खा पहिरो खस्दा दुई जना घाइते भएका छन् ।
ललितपुर प्रहरी परिसरका प्रवक्ता नरेस सुवेदीका अनुसार पहिरो खस्दा यात्रुसहित मोटरसाइकल र ट्याक्टरलाई थिचेको थियो ।

विहान करिव ९ बजेर ४५ जाँदा भएको यस र्दुघटनामा घाइते लाई उपचारका लागि विएण्डवि अस्पताल लगिएको छ ।

मकवानपुरबाट चापागाउँतर्फ आउँदै गरेको स १त ७३१८ नम्बरको ट्याक्टर चापागाउँबाट मकवानपुरतर्फ जाँदै गरेको प्रदेश २–०३–००४ प ५६६१ नम्बरको मोटरसाइकलमाथि सुख्खा पहिरो खसेको थियो ।

पछिल्लो केही दिनदेखि छपेली र झाँक्रिडाँडाको बीचमा कार्कीबास सडकखण्ड विस्तारको क्रममा पहाड काट्ने काम भइरहेको थियो । ढुंगा नै ढुंगाले बनेको ठाडो भीर तलबाट खनेपछि माथिल्लो भाग खसेको हो ।
केही समयदेखि सडक नै बन्द गरेर काम भइरहे पनि आशिंक रुपमा खुला गर्एिको थियो ।

राजधानीबाट संघीय राजधानी हेटौडा जाने छोटो सडक कान्तिलोकपथमा विभिन्न समयमा दुर्घटना हुँदै आएका छन् ।

१६ जेष्ठ २०८१, बुधबार ०२:३८  मा प्रकाशित

Write your Comment

Top Brands