दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित सिमगजमरी नाकामा पहिलो पटक एम्बुलेन्स पुगेको छ ।
सिमगजमरी नाकामा केहि वर्षदेखि आफ्नै घर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१२ बसोबास गर्दै आएका रेश्मी केसीले आफ्नो श्रीमान बेदप्रसाद केसी लामो समयदेखि दमको रोगी भएको कारण उनलाई हस्पिटलमा ओषधि ल्याइदिन जाने क्रममा रा ६ प ६१४१ नम्बरको बाइकले जेठ ९ गते बुधबारका दिन रेश्मी केसीलाई बाइकले ठक्कर दिदा उनलाई उपचारको लागी राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो । उनको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा रेश्मी केसीको ज्यान गएको थियोे । पहिलो पटक सिमगजमरी नाकामा रेश्मी केसीको शव लिएर एम्बुलेन्स नाका पुगेको थियोे ।
त्यसै गरेर ६ महिनासम्म चल्ने मोटर बाटो चल्दासम्म त पश्चिमको भौवा नाकादेखि कोइलावाससम्म रहेको नाका मधे पुर्व कोइलावासको मोटर बाटो पक्की र कालो पत्रे रहेको र पुर्व पटौली नाकासम्मका बासिन्दाहरुलाई केहि सहज हुने भएको स्थानीयहरुको भनाइ रहेको छ । नाकामा बसोबास गर्ने मानिसहरु आफू सेवा सुबिधा बाट बन्चित भएको जस्तो महसुस गदर्छन किन कि न त भनेको अझै पनि बिकास र सोचेको जस्तो परिवर्तन आउन नसकेको नाका बासीहरुको गुनासो छ ।
त्यस्तै पश्चिम भौवा नाकादेखि लिएर पुर्व नाकासम्म मोटर बाटोको लागि मात्रै नभएर हस्पिटल,खानेपानी, विद्युत जस्ताका लागि बजेट र मागको लागि पुर्ण रुपमा लागि पर्ने राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुदाथोकीले जानकारी दिए ।