१५ जेठ । सडकमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकले अब सडकमा बसेर ड्युटी गर्ने ट्राफिक प्रहरीलाई ड्युटीमा सघाउन पर्ने नियम ल्याउने भएको छ ।
गृहमन्त्री रवि लामिछानेले मादक पर्दाथ सेवन गरेर सवारी चलाउने चालकलाई स्वयंसेवक रुपमा सडकमा ट्राफिक व्यवस्थापनमा सघाउनु पर्ने व्यवस्था गर्न लागिएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
गृहमन्त्री लामिछानेले महिनावारी हुँदा महिला ट्राफिक प्रहरीले ४ दिन विदा पाउने व्यवस्था ल्याईन लागिएको बताएका छन् ।
पछिल्लो समय महिला ट्राफिक महिनावारीको समयमा समेत सडकमा काम गर्नुपर्दा समस्यामा थिए ।