|  

BREAKING

स्कुलको बस जलाउने मूख्य अभियुक्त पक्राउ

१४ जेष्ठ २०८१, सोमबार १८:५१ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


चितवन । चितवनमा स्कुल बस जलाएको आरोपमा एक जना पक्राउ परेका छन् । स्मलहेभन स्कुलको बसमा पेट्रोल बम प्रहार गरि आगजनी गरेको आरोपमा भरतपुर २५ शोसी घर भएका विश्वनाथ चौधरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बैशाख ३० गते विहान साढे ८ वजे विद्यार्थी लिन जादै गरेको बागमती प्रदेश ०६–००१ क ००४५ नं.को स्कुल बसलाई भरतपुर महानगरपालिका वडा नं. २० दद्रहानी पुलमा रोकी चौधरी सहितको आपराधिक टोलीले आगजनी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहको कमाण्डमा रहेको प्रहरीको विशेष टोलीले भरतपुर २५ शोसीबाट उनलाई पक्राउ गरेको हो । प्रहरी निरीक्षक शाह अपराध अनुसन्धानमा काविल प्रहरी अफिसरको रुपमा चिनिन्छन् ।

गएको माघ २८ गते भरतपुर महानगरपालिका वडा नं. २६ ज्योतिनगरमा रहेको सुर्योदय वोमी लघुबित्त संस्था लिमिटेडको कार्यालयमा समेत चौधरी कै गिरोहले आगजनी गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।पक्राउ परेका चौधरीलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि थप अनुसन्धान सुरु गरिएको छ ।

१४ जेष्ठ २०८१, सोमबार १८:५१  मा प्रकाशित

Write your Comment

Top Brands