|  

BREAKING

मकवानपुरमा बसले ठक्कर दिदा एक पैदलयात्रीको मृत्यु

१४ जेष्ठ २०८१, सोमबार ०९:१० प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


हेटौंडा । पूर्व पश्चिम राजमार्ग अन्र्तगत मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. ११ थानाभर्याङमा शुक्रवार राती बसले ठक्कर दिदा पैदलयात्रीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार नाम, थर नखुलेका अन्दाजी ३५ बर्षिय पुरुषलाई बसले ठक्कर दिदा घटना स्थलमै मृत्यु भएको हो । सर्लाहीबाट काठमाडाै तर्फ जाँदै गरेको ना ७ ख १६७५ नं. को बसले पैदल यात्रीलाई ठक्कर दिई दुर्घटना हुदा घाईतेको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । मृतक पुरुषको शव हेटौँडा अस्पतालको शव गृहमा राखिएको छ ।

ठक्कर दिने बस प्रहरी चौकी बसामाडीको नियन्त्रणमा रहेको छ भने बस चालक रौतहट चन्द्रनिगाहापुर नगरपालिका–१ पौराही बस्ने ५८ बर्षिय कृष्ण बहादुर थापा जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेका छन ।

१४ जेष्ठ २०८१, सोमबार ०९:१०  मा प्रकाशित

Write your Comment

Top Brands