|  

BREAKING

धुलिखेल-खावा सडक : दुई दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द रहने

९ जेष्ठ २०८१, बुधबार १८:४२ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


काभ्रेपलाञ्चोक- अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल-खावा सडकखण्ड बन्द गरेर विस्तारको काम गरिएको छ।

जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायका प्रतिनिधिसहित सोमबार भएको बैठकले निर्माणाधीन उक्त खण्डमा आज र भोलि दिउँसो चार घण्टा बन्द गरेर विस्तारको काम गर्ने निर्णय गरेको थियो।

निर्णयअनुसार आज र भोलि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म चार किलोमिटर सडकखण्ड पूर्णरुपमा बन्द रहने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको हो।

कार्यालयले सार्वजनिक अपिल गर्दै त्यस खण्डमा सबै किसिमका यातायात (दमकल, एम्बुलेन्स, शवबाहन र सुरक्षा निकायका सवारी साधनबाहेक) चार घण्टासम्म सञ्चालनमा पूर्ण रोक लगाइएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ।

९ जेष्ठ २०८१, बुधबार १८:४२  मा प्रकाशित

Write your Comment

Top Brands