|  

BREAKING

टाटाले नयाँ भन्दै पुरानो साधन बेचेको भन्दै महानगरपालिकाको राख्यो ३ बर्ष कालोसूचीमा

२ जेष्ठ २०८१, बुधबार १८:०९ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


हाइड्रोलिक ट्रिपर ट्रक खरिद गर्नका लागि महानगरपालिकाले २०८० वैशाख १५ गते सूचना प्रकाशित गरेको थियो । यसमा सिप्रदी ट्रेडिङ प्रा. लि. सफल बोलपत्रदाताको रुपमा छनोट भयो । यसबमोजिमका सवारी साधनहरु गएको माघ १७ गते महानगरपालिकालाई प्राप्त भएका हुन् ।
ब्लुबुकमा सबै सवारी साधनको उत्पादन मिति २०२२ लेखिएको छ तर ४ वटा च्यासिसमा भने उत्पादन मिति २०२१ लेखिएको छ । २ वटा सवारी साधनको च्यासिसमा मात्र उत्पादन मिति २०२२ छ । यसबाट झुक्याएर सामान उपलब्ध गराउन खोजेको स्पष्ट हुन्छ ।” प्रवक्ता मानन्धरले बताए ।

महानगरको नयाँ खुलासासँगै सिप्रदी ट्रेडिङले बिक्री गर्ने गरेको सबै प्रकारका गाडी नयाँ हो वा पुरानो भन्नेमा आम उपभोक्तामा संशय पैदा गराएको छ ।

२ जेष्ठ २०८१, बुधबार १८:०९  मा प्रकाशित

Write your Comment

Top Brands