भारतमा उपचार गरेर फर्किरहेकी एक युवतीको दुर्घटनामा परेर मृत्यु भएको छ । उपचार गरेर एम्बुलेन्समा घर फर्किरहेकी बर्दियाको राजापुर नगरपालिका–९ कि १८ वर्षीया अञ्जली परियारको मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा भारतको हल्द्वानीबाट उपचार गरि फर्किरहेकी उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गम्भीर घाइते भएकी परियारको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको हो । एम्बुलेन्समा सवार अन्य पाँच जना व्यक्ति भने सकुशल रहेका छन् । सडकमा अनियंत्रित भएर एम्बुलेन्स पल्टिएको प्रहरीले जनाएको छ ।