कोरियली मोटर्स कम्पनी हुन्डाईले अब नेपालमै गाडी एसेम्बल सुरु गरेको छ । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी ग्रुपले नवलपरासीको रामग्राममा अत्याधुनिक एसेम्बली प्लान्ट सञ्चालनमा ल्याएको हो ।
हुण्डाईका गाडी नेपालमै उत्पादन गर्ने गरि लक्ष्मी मोटर कर्पोरेशनले एसेम्बल प्लान्ट शुभारम्भ गरेको छ ।
कम्पनीले प्लान्टबाट पहिलो चरणमा ‘हुण्डाई भेन्यु’ गाडीको उत्पादन गर्नेछ । यसपछि अन्य मोडलका गाडीहरु उत्पादन सुरु गरिने जनाइएको छ । अब स्वदेशमै उत्पादित भेन्यु बिक्रीका लागि उपलब्ध हुनेछन् । यही असोजमा दोस्रो मोडेल ग्रान्ड आइटेन र पुससम्म तेस्रो मोडेल क्रेटा एसेम्बल सुरु हुने लक्ष्मी ग्रुपका एक सदस्यले बताए । उनले भने सन २०२४ अन्त्यसम्म हुन्डाईका तीनवटा मोडेल स्वदेशमै एसेम्बल गरिने र त्यस वेला सम्म पाँच सय भन्दा बढीले रोजगारी पाउनेछन् ।
नेपाली बजारमा भेन्यु १.० लिटर टर्वो पेट्रोल र १.२ लिटर नेचुरल्लि एस्पिरेटेड इन्जिनमा उपलब्ध रहँदै आएको छ । जसमध्ये टर्बो पेट्रोलमा एउटा र नचुरल्लि एस्पिरेटेड इन्जिनमा ४ वटा भेरिएन्ट उपलब्ध छ । यो एसयूभीको मूल्य नेपाली बजारमा ४१ लाख ९६ हजारदेखी ५८ लाख ९६ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।
स्वेदशमै एसेम्वल भएपछि भेन्युको मूल्य केही सस्तो पर्ने अनुमान समेत गरिएको छ ।