|  

BREAKING

विद्युतीय चार पाङ्ग्रे सवारी (ईभी) अब नेपाल मै उत्पादन हुने

१९ बैशाख २०८१, बुधबार १७:३६ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


सम्झौतामा कोशी एन के मोटर्सका अध्यक्ष टीकाराम पुरी र स्यामनका तर्फबाट प्रबन्ध निर्देशक एमडीले हस्ताक्षर गरेका छन्। सम्झौता भएसँगै अब नेपालमा नै चीन तथा कोरियन प्रविधिमा आधारित चार पाङ्ग्रे विद्युतीय गाडी उत्पादन हुने भएको हो।

नेपालमा पहिलो पटक मोरङको बुढीगंगामा १५ बिघा क्षेत्रफलमा सञ्चालनको तयारी गरिएको यस कम्पनीमा सुरुवाती चरणमा ३ अर्ब रुपैयाँको लागत रहने अध्यक्ष पुरीले बताए।

उनका अनुसार १ वर्षभित्र सबै चार पाङ्ग्रे सवारीसाधन उत्पादन हुनेछ। कम्पनीले नेपाली परिवेश र आवश्यकता अनुसार प्रत्येक महिना ७ सय ५० गाडी उत्पादन योजना रहेको छ।

१९ बैशाख २०८१, बुधबार १७:३६  मा प्रकाशित

Write your Comment

Top Brands