काठमाडौं । काठमाडौंको अनामनगरस्थित लिबर्टी कलेजबाट शैक्षिक भ्रमणमा गएको बस मुस्ताङमा दुर्घटना भएको छ ।
मंगलबार बिहान मुक्तिनाथबाट जोमसोम आउँदै गरेको प्रदेश ३-०१-००६ ख ६२२ नम्बरको बस वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४, सेल्फिडाँडामा सडकमा पल्टिएको हो ।
३३ जना सवार बस दुर्घटना हुँदा २१ जना विद्याथी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको जोमसोम अस्पतालमा उपचार भइरहेको छ ।
उक्त बस ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।