|  

BREAKING

आफैले चलाएको मोटरसाइकल चक्कामा सल बेरिदा, २२ वर्षीया युवतीको मृत्यु

१६ बैशाख २०८१, आईतवार १२:०७ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । महोत्तरीको बर्दिबास जङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दिबास नगरपालिका-५ टुटेश्वर जङ्गलमा शनिबार सर्लाहीबाट महोत्तरीको बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २-०३-००७ प ३३६९ नम्बरको मोटरसाइकल दुर्घटनामा परको हो ।
दुर्घटनामा सर्लाहीको बागमती नगरपालिका-४ कर्मैया निवासी २२ वर्षीया स्मृति कार्की रानाभाटको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी रेवतीरमण पोखरेलले जानकारी दिए । दुर्घटनामा उनकी आमा ५० वर्षीया उषा कार्की गम्भीर घाइते भएकी छन् ।
उनलाई बर्दिबासमा रहेको शुभस्वस्तिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौँ लगिएको डिएसपी पोखरेलले बताए । ‘मोटरसाइकल छोरीले चलाएकी रहिछन्,’ डिएसपी पोखरेलले भने, ‘पछाडि बसेकी आमाको सल मोटरसाइकलको पछाडिपट्टिको चक्कामा बेरिँदा घटना भएको देखिन्छ ।’
सल मोटरसाइकलको पछाडिपट्टिको चक्कामा बेरिएर मोटरसाइकल अनियन्त्रित भई सडकमा ढलेपछि आमाछोरी गम्भीर घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते आमाछोरीलाई प्रहरीले तत्कालै उपचारका लागि शुभ स्वस्तिक अस्पताल बर्दिबास पुर्‍याएको थियो । ‘त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि जनकपुरतर्फ लैजाँदै गर्दा उषाको मृत्यु भएको हो,’ डिएसपी पोखरेलले भने, ‘जनकपुरस्थित काब्या अस्पताल पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।’
मृतक कार्कीको माइत सर्लाहीकै लालबन्दी नगरपालिका-४ हरिभवन हो । एक वर्षअघि मात्रै उनको विवाह भएको थियो । मृतक युवतीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ ।

१६ बैशाख २०८१, आईतवार १२:०७  मा प्रकाशित

Write your Comment

Top Brands