काठमाडौ नेपालका लागि आईसर भि.ई. कमर्सियल भेहिकलको आधिकारिक बिक्रेता बतास एम.ए. डब्लुले आईसरका ३२ सिट क्षमता भएका स्टारलाईन बस एकै पटक बाबा गोकर्णेश्वरलाई प्रा.लि.लाई १० वटा बिक्री गरेको छ । काठमाडौको नारायणटार, जोरपाटी स्थित बाबा गोकर्णेश्वर प्रा.लिको पार्किङ प्रागनमा बतास एम.ए. डब्लुका (बतास ग्रुपका) का अध्यक्ष आनन्द राज बतासले बसको चाबी हस्तान्तरण गर्नु भएको थियो ।
लामो समय देखि नेपालमा बिक्री हुँदै आएको आईसर बसले अन्य कम्पनीहरुका बसको तुलनामा ईन्धन खपत कम हुने मजबुत र भरपर्दोको साथै मर्मत सम्भार गर्नु परेमा जहाँ पनि सजिलै गर्न सकिने र पार्ट्स पनि सजिलै पाईने भएको हुँदा आईसरका कमर्सियल बस आफ्नो रोजाईमा परेको बाबा गोकर्णेश्वर प्रा.लिका अध्यक्ष भिम बहादुर बस्नेतले प्रकाश पार्नु भयो र आगामी दिनहरुमा ( आईसर ) बतास एम.ए. डब्लु कम्पनीसङ्ग सहकार्य गर्दै अगाडी जाने समेत बनाउनु भयो ।
उक्त कार्यक्रममा बतास एम.ए. डब्लुका अध्यक्ष आनन्द बतासले व्यावसायिक प्रगतिको काममा गर्नुका साथै बाबा गोकर्णेश्वर प्रा.लि सङ्ग जोडिएर काम गर्न पाउदा आफू हर्षित भएको बताउनु भयो ।
यसै कार्यक्रम बिचमा माननीय श्री कृष्ण बहादुर राईले लामो समय देखि यातायात क्षेत्रमा सेवा दिदै आउनु भएका बाबा गोकर्णेश्वर प्रा.लिका अध्यक्षलाई र बतास एम.ए. डब्लुका अध्यक्षलाई आगामी दिनहरूमा दुबै संस्थाको उत्तर उत्तर प्रगतिको कामना गर्दै शुभकामना दिनु भयो ।
बतास एम.ए. डब्लुका प्रडक्ट हेड श्री प्रदिप पौडेलले सन्चालन गरेको उक्त कार्यक्रममा सेल्स हेड रघुनाथ पौडेल ले स्वागत मन्तव्य राख्नुभएको थियो । सोही कार्यक्रममा चालक तथा सहचालकलाई मायाको चिनो स्वरुप टिसर्ट पनि हस्तान्तरण गरिएको थियो ।