परिवार सुरक्षा बचत खाता अन्तरगत नीलकण्ठ नगरपालिका वडा नम्बर ८ की चमेली लामिछानेले १० लाख रुपैँया बुझ्नु भएको छ ।नेपालमै पहिलो पटक कुमारी बैंकले प्रस्तुत गरेको “परिवार सुरक्षा वचत खाता” अन्तरगत श्रीमानको मृत्यु पश्चात बैंकले उपलब्ध गराएको १० लाख रुपैँया चमेलीले बुझ्नु भएको हो । वि.स. २०८० साल असार १७ गते करेन्ट लागेर नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का डम्बर बहादुर लामिछानेको मृत्यु भएको थियो । कुमारी बैंकले न्यूनतम १० हजार मौज्दात राखेर २६ लाख सम्मको परिवारको बिमा हुनेभएपछि लामिछानेले उक्त रकम बुझ्नु भएको हो ।
कुमारी बैंक लिमिटेड धादिङवेशीं शाखाले “परिवार सुरक्षा वचत खाता” अन्र्तरगत गरिएको बीमा बापतको रकम आज एक कार्यक्रमको बिच बैंकले हस्तान्तरण गरेको हो । कुमारी बैँक लिमिटेड धादिङबेशी शाखाले दुर्घटनामा परी मृत्यु भएका डम्बर बहादुर लामिछानेको परिवारलाई मृत्यु दावी भुक्तानी स्वरुप १० लाख हस्तान्तरण गरेको हो । परिवारको लालनपालन गर्दै आएका घरको मुली नै करेन्ट लागेर मृत्यु भएपछि शोकमा परेको यो परिवारलाई कुमारी बैंकको “परिवार सुरक्षा वचत खाता” ले ठुलो राहत दिएको छ ।
मृतक डम्बर बहादुर छामिछानेको परिवारलाई आज एक कार्यक्रमका बीच बैंकका शाखा प्रबन्धक धन बहादुर श्रेष्ठले मृतककीे श्रीमती चमेली लामिछाने मगरलाई रु १० लाखको चेक हस्तान्तरण गर्नूभएको हो ।नीलकण्ठ नगरपालिका वडा नम्बर ३को वडा अध्यक्ष राजकुमार श्रेष्ठको उपस्थितीमा चेक हस्तान्तरण गरीएको हो । “परिवार सुरक्षा वचत खाता” खोलेमा खातामा रु २६ लाख सम्मको परिवारको बिमा हुने बंैकले जानकारी दिएको छ ।
जसमा दम्पतिको आकस्मिक दुर्घटना बिमा, पूर्ण शारिरीक अशक्तता बिमा, परिवारको सदस्यका लागि १८ घातक रोगहरुका लागि बिमा, परिवारको औषधोपचारको बिमा सुविधा पनि उपलब्ध गरेको छ ।यस खातामा इन्टरनेट बैंकिङ्ग –निःशुल्क, मोबाइल बैंकिङ्ग – पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्क र साथै भिजा डेबिट कार्ड –पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्क लाग्ने कुमारी बैंक धादिङ शाखाले जानकारी दिएको छ ।