|  

BREAKING

टिपरले मोटरसाइकललाई ठक्कर दिदा घटनास्थलमै एक जनाको मृत्यु

९ बैशाख २०८१, आईतवार ०८:३० प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१७ गैरीगाउँमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

सालक पार्कबाट चौघडातर्फ आइरहेको ना २६ प ४४२५ नम्बरको मोटरसाइकललाई चौघडाबाट गइरहेको मधेश प्रदेश ०३ ००१ ख ७९०३ नम्बरको टिपरले ठक्कर दिंदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्युु हुनेमा हेटौंडा १६ जुरेथुम बस्ने हरी पनेरु रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृतककी पत्नी अर्चना पनेरू घाइते भएकी छिन् । उनलाई उपचारका लागि हेटौंडा ल्याइएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी पुगेको छ । शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

९ बैशाख २०८१, आईतवार ०८:३०  मा प्रकाशित

Write your Comment

Top Brands