|  

BREAKING

मर्मत कार्य सकिए सङ्गै पुनः सन्चालनमा आयो जुफाल विमानस्थल

९ बैशाख २०८१, आईतवार ०६:१७ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


डोल्पा । धावनमार्ग मर्मत पूरा भएपछि जुफाल विमानस्थल ५३ दिनपछि सञ्चालन भएको छ ।

आज बिहान नेपालगञ्जबाट तारा एयरको विमान अवतरण भएसँगै विमानस्थल सञ्चालन भएको हो । मूल्य अभिवृद्धि करसहित रु छ करोडमा धावनमार्ग मर्मत भएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर वीरप्रसाद शाहीले जानकारी दिनुभयो । धावनमार्गको एक सय ८५ मिटर मर्मत गरिएको हो ।

धावनमार्ग जीर्ण भएपछि विमान कम्पनीले जोखिम मोलेर उडान गर्न नसकिने बताउँदै आएका थिए । यो डोल्पाको एकमात्र विमानस्थल हो ।

९ बैशाख २०८१, आईतवार ०६:१७  मा प्रकाशित

Write your Comment

Top Brands