|  

BREAKING

रामेछापको मन्थलीमा टिपर दुर्घटनामा परि चालकको घटनास्थल मै मृत्यु

३ बैशाख २०८१, सोमबार ०४:३६ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


रामेछापको मन्थली नगरपालिका वडा नं ७ स्थित मन्थली घाट नजिक टिपर दुर्घटना भएको छ । आज (सोमबार) बिहान अन्दाजी ६ बजेको समयमा टिपर दुर्घटनामा परेको हो ।

उक्त दुर्घटनामा टिपर चालक रामेछापको गोकुलगंगा गाँउपालिका वडा नं ३ रस्नालुका अन्दाजी २३ बर्षिय पवित्र बस्नेतको घट्नास्थमै ज्यान गएको छ । दुर्घटनामा परी घाइते भएका सहचालक दोलखा जिल्ला तामाकोसी गाँउपालिका वडा नं ६ का अन्दाजी २१ वर्षका मनोज फुयाँलको अस्पतालमा उपचार भैरहेको छ ।

घाइतेको मन्थली नगर अस्पतालमा उपचार भैरहेको रामेछाप प्रहरीले जानकारी दिएको छ । भटौलीबाट मन्थली तर्फ वालुवा लिएर जाँदै गरेको बा प्र ०१–००६–३८३९ नं को टिपर सडक बाट करिब ५० मिटर तल तामाकोसी नदि किनारमा खसेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

३ बैशाख २०८१, सोमबार ०४:३६  मा प्रकाशित

Write your Comment

Top Brands