|  

BREAKING

नेपाल अटो मेकानिक्स व्यवसायी संघको अध्यक्षमा दीपेन्द्र बुढाथोकी चयन

१८ भाद्र २०७९, शनिबार १६:३४ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । नेपाल अटो मेकानिक्स व्यवसायी संघको अध्यक्षमा दीपेन्द्र बुढाथोकी चयन भएका छन् । शनिबार सम्पन्न संघको २८औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशनबाट बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
संघको प्रथम उपाध्यक्षमा मोहम्मद अस्फाक, द्वितीय उपाध्यक्षमा डालप्रसाद भट्टराई, महासचिवमा सुमनप्रसाद सुवेदी, सचिवमा इन्द्र हादुर प्रधान, कोषाध्यक्षमा मोहम्मद अयुव, सह–कोषाध्यक्षमा फुलबहादुर लामा (माइला) र सह–कोषाध्यक्षमा बुद्धिकृष्ण गजुरेल (अनिल) चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा देवराज बज्राचार्य, शिवप्रसाद दाहाल, कृष्ण सापकोटा, मानबहादुर पाख्रिन, रमेश गौतम, लालबहादुर हमाल, नागेश्वर राय (विष्णु) र जगन्नाथ बस्याल चयन भएका छन्। संघको पहिलो बैठकले थप २ जना सदस्य चयन गर्ने नवनियुक्त महासचिव सुमन प्रसाद सुवेदीले बताए । कार्यक्रममा बोल्दै वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सहरलाई सफा राख्न सवारी साधन मर्मत गर्ने वर्कशपहरु एकै स्थानमा राख्नका लागि अटोल्यान्ड आवश्यक हुने बताउँदै यसका लागि वाग्मती प्रदेश सरकार सहयोग गर्न तत्पर रहेको बताए । साथै उनले नेपाली अटो मेकानिक्सहरु दक्ष बने मात्र भविष्यमा यो क्षेत्र अझै विकसित हुने बताए ।
कार्यक्रममा बोल्दै नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु) का अध्यक्ष प्रदीप घिमिरेले मेकानिक्सहरुले आफ्नो सीप विकासको लागि मिलेर काम गर्नुपर्ने बताए । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।
 
 
समाचार श्रोत : आर्थिकआवाज

१८ भाद्र २०७९, शनिबार १६:३४  मा प्रकाशित

Write your Comment

Top Brands