|  

BREAKING

फेरि बढ्यो तेलको मुल्य डिजेल र मट्टीतेलको मूल्य, प्रतिलिटर ६ रुपैयाले बढ्यो

१७ भाद्र २०७९, शुक्रबार ०५:४८ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ — नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६/६ रुपैयाँ बढाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले बिहीबार (सेप्टेम्बर १) मा भाउ बढाएर पठाएपछि निगम सञ्चालक समितिको बैठकले यहाँ पनि बढाउने निर्णय गरेको हो ।

बिहीबार रातीबाट प्रतिलिटर डिजेल र मट्टीतेलको मूल्य १७२ रुपैयाबाट बढेर १७८ रुपैया हुने भएको छ।  निगमले यो मुल्य समायोजन गर्दा पनि निगमलाई आगामी १५ दिनमा करिब ३० करोड ५२ लाख रुपैया घाटा हुने जनाएको छ।  इन्डियन आयल कर्पोरेसन(आईओसी)बाट इन्धनको मूल्य बढेर आए पछि मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ।

१७ भाद्र २०७९, शुक्रबार ०५:४८  मा प्रकाशित

Write your Comment

Top Brands