|  

BREAKING

चितवन जिल्लाभित्रका सवारीसाधनमा डस्टबिन राख्नुपर्ने

३० श्रावण २०७९, सोमबार १८:१८ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


भरतपुर । चितवन जिल्लाभित्र सञ्चालनमा रहेका सार्वजनिक सवारीसाधनमा अनिवार्यरुपमा डस्टबिन राख्नुपर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको समन्वयमा सोमबार बसेको बैठकले साना–ठूला सबै सवारीसाधनमा डस्टबिन राख्नुपर्ने निर्णय गरेको हो ।

योगदान राष्ट्रका लागि नामक संस्थाको अगुवाइमा दुर्घटना न्यूनीकरण तथा स्वच्छ वातावरण हाम्रो सरोकार भन्ने नारालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको योगदान राष्ट्रका लागि संस्थाका केन्द्रीय सल्लाहकार ऋतु गिरीले जानकारी दिइन् । बागमती प्रदेशका यातायातमन्त्री घनश्याम दाहालको विशेष उपस्थितिमा भएको बैठकमा साना–ठूला यातायातका व्यावसायिक संगठनका प्रतिनिधिहरु, जिल्ला ट्राफिक कार्यालय प्रमुख, महानगर यातायात शाखा प्रतिनिधि एवं योगदान राष्ट्रका लागि संस्थाको केन्द्र, जिल्ला र नगर प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सात दिनभित्र लागू हुने गरी साना–ठूला सवारीसाधनमा फोहोरदानी (डस्टबिन) राख्ने सहमति भएको केन्द्रीय सल्लाहकार गिरीले बताइन् । यातायात प्रयोग गर्ने यात्रुहरुले फोहोर निर्दिष्ट ठाउँमा राख्ने तथा चालक तथा सहचालकहरुले पनि फोहोर डस्टबिनमा नै राख्न सबै यात्रुहरुलाई अनुरोध गर्ने गरी योजना तय भएको उनले बताइन् । यस कार्यको परिपालना भए÷नभएको अनुगमनका लागि जिल्ला ट्राफिक प्रमुख धर्मबहादुर अधिकारीको संयोजकत्वमा, योगदान राष्ट्रका लागिका जिल्ला अध्यक्ष एकराज बुर्लाकोटी तथा यातायात व्यवसायी संगठन प्रतिनिधि बद्रि पौडेल सदस्य रहने गरी समिति गठन गरिएको छ ।                                            चितवनन्युजको सहयोगमा

३० श्रावण २०७९, सोमबार १८:१८  मा प्रकाशित

Write your Comment

Top Brands