कपिलवस्तुको कपिलवस्तु नगरपालिका ९ कुस्मामा हिजो साँझ जेसिबीको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा कपिलवस्तुकै वाणगंगा नगरपालिका ६ का ३८ वर्षीय रमेश विक रहेका छन् । घाइतेलाई ४ नम्बर स्थित सामुदायिक अस्पतालबाट थप उपचारको लागि बुटवल पठाइएको छ । हिजो साँझ पौने ७ बजे लु १ क २८२० नम्बरको जेसिबीले लु ६० प ९६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । जेसिबी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।