मिति २०७९।०४।०८ गते देखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान अन्तरगत आज मिति २०७९।०४। २९ गते बिहान काठमाण्डौं उपत्यकाको विभिन्न स्थानमा चेकजाँच गर्दा १४ वटा स्कुल बसलाई विभिन्न कसुरमा काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियमानुसार कारबाही गरेको छ । जस अन्तरगत विभिन्न स्कुलका ६ वटा चालकहरुले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको भेटेको छ ।आगामी दिनहरूमा समेत निर्देशिका विपरीत संचालन हुने स्कुलका सवारी साधनहरूलाई कानून बमोजिम कारवाही गर्ने कार्यलाई निरन्तरता दिइने छ ।