|  

BREAKING

कवाडीमा फालिएका गाडी विद्युतीय बनाउँ विदेश जाने पुँजी बचाऔ : महावीर पुन

२७ जेष्ठ २०७७, मंगलवार १६:५५ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


सरकारले आगामी आर्थिक वर्षकाे बजेटमा विद्युतीय सवारी आयातमा कर बढाएकाे भन्दै चाैतर्फी विराेध भइरहेकाे छ । जलविद्युत् उत्पादकदेखि, विद्युतीय सवारी प्रयाेगकर्ता तथा यससँगै जाेडिएका व्यवसायीले सरकारकाे निर्णयकाे आलाेचना गरेका छन् ।
यसबीच नेपाल आविष्कार केन्द्रका अध्यक्ष तथा वैज्ञानिक महावीर पुनले विद्युतीय सवारी आयात गर्दा पैसा विदेशिने भए स्वदेशमै निर्माण गर्न सकिने भन्दै सरकारलाई सुझाव समेत दिएका छन् । विद्युतीय सवारी खरिद, प्रयाेग र व्यवस्थापन गर्ने विषयमा विकसित देशकाे अनुमान अनुशरण गर्न पनि उनले सुझाएका छन् ।
अर्थ मन्त्रालय करमुखी मात्र नभई अध्ययन गरेर विद्युत उपभाेगमा महत्त्वपूर्ण हुने विद्युतीय सवारी प्रयाेगलाइ सस्ताे र पहुँचयाेग्य बनाउनुपर्ने बताएका छन् । ‘विद्युतीय गाडीमा १५० प्रतिशतसम्म कर लगाउनुहुने हाम्रा नीति निर्माताहरूले पनि बजेट बनाउने बेलामा अध्ययन गरेर काम गरे राम्रै हुन्थ्यो,’ पुनले भनेका छन् ।
विभिन्न सरकारी कार्यालय, मन्त्रालय लगायत ठाउँमा थन्क्याएर राखिएका पुराना वा कवाडी भइसकेका गाडीलाइ विद्युतीय बनाउने प्रक्रिया सुरु गर्नुपर्ने पनि उनले बताए । ‘सरकारले धनी देशका सरकारहरूले दिए जस्तै विद्युतीय गाडी किन्दा अनुदान दिन नसके पनि त्यति धेरै कर नबढाई दिएको भए चित्त बुझ्थ्यो,’ उनले भने ।
पुनका अनुसार पुरानf गाडीहरू नेपालमै सजिलै विद्युतीयमा परिणत गर्न सकिन्छ । यसो गर्न सके विद्युत् खपत बढ्ने, वातावरण स्वच्छ हुने र जनता पनि खुसी हुने पुनकाे धारणा छ ।

पुनले यहाँ विश्वका विभिन्न देशले विद्युतीय सवारी खरिदमा दिएकाे अनुदान तथा सहुलियतकाे विवरण दिएका छन् ।

१. जर्मनीमा €४०,००० भन्दा कम मूल्य पर्ने विद्युतीय गाडी किन्दा सरकारले प्रतिगाडी €6,000 अनुदान गरेका छन् ।
२. नेदरल्याण्डमा नयाँ विद्युतीय गाडी किन्नेलाई सरकारले प्रतिगाडी €४,००० अनुदान र पुरानो विद्युतीय गाडी किन्नेलाई €२,००० अनुदान गरेका छन् । सन् २०२५ पछि त नेदरल्याण्डमा पेट्रोल र डिजेल बाट चल्ने गाडी बेच्न नदिने याेजना छ ।
३. चीनमा विद्युतीय गाडी उत्पादन गर्ने कम्पनीहरूलाई सरकारले प्रतिगाडी २५,००० युआन अनुदान गरेका छन् । विद्युतीय गाडी किन्नेहरूलाई १०% क्रय कर छुट हुनेछ । यो सुविधा चीनमा सन् २०२२ सम्म कायम हुनेछ ।
४. बेलायतमा £५०,००० भन्दा कम मूल्यका विद्युतीय गाडी किन्नेहरूलाई सरकारले प्रतिगाडी £३,००० अनुदान दिने गरेका छन् ।
५. क्यानाडामा विद्युतीय गाडी किन्नेहरूलाई सरकारले गाडी हेरेर प्रतिगाडी $२,५०० देखि $५,००० सम्म अनुदान दिने गरेका छन्
६. दक्षिण कोरियामा संघीय सरकारले विद्युतीय गाडी किन्नेहरूलाई प्रतिगाडी १८२ लाख वन (Won) अर्थात् $१५,६१३ सम्म अनुदान दिने गरेकाे छ । त्यसबाहेक त्यहाँ केही स्थानीय सरकारले पनि प्रतिगाडी १०० लाख वन (Won) सम्म थप अनुदान दिने गरेका छन् ।

२७ जेष्ठ २०७७, मंगलवार १६:५५  मा प्रकाशित

Write your Comment

Top Brands