|  

BREAKING

आजबाट लकडाउन झनै कडा : एसएसपी भीम प्रसाद ढकाल

२७ जेष्ठ २०७७, मंगलवार ०५:४९ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


सरकारले आजबाट लकडाउन झन् कडा गरेको छ । सडकमा यातायात बढी चलेर जाम हुनथालेपछि लकडाउनमा कडाई गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले आजबाट लकडाउन कडा गरिएको बताएका छन् । उनले युनिटहरुलाई कडाईका साथ कदम चाल्न निर्देशन दिइसकेको बताए ।
पास लिएका र अत्यावश्यक सेवा दिने सवारी चल्न दिइएको जानकारी दिए । नागरिकलाई स्वास्थ्य, खाद्यान्न, पानीलगायत ४२ वटा सेवा सम्बन्धी सवारी सञ्चालन गर्न छुट भएको बताए । अत्यावश्यक वस्तु पुर्याउन मात्र सवारी चल्न दिइएको उनको भनाई थियो ।
उनले भने, ‘अनावश्यक गुडेका सवारी नियन्त्रणमा लिएका छौं, उल्लंघन गर्ने दैनिक २ हजार जति गाडी उपत्यकामा नियन्त्रणमा लिएको तथ्यांक छ ।’ ढकालले अत्यावश्यकबाहेक सवारी नगुडाउन आग्रह गरे । गुडेका गाडीहरु सबै सुरक्षाको निगरानीमा रहेको बताए ।
कोरोना भाइरसको रोकथामका लागि लकडाउन कडाई गरिएको उनको भनाई थियो ।

 
रिपोर्टस नेपालबाट : साभार

२७ जेष्ठ २०७७, मंगलवार ०५:४९  मा प्रकाशित

Write your Comment

Top Brands