यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बैठकले हवाइ उडान जेठ मसान्तसम्म स्थगित गर्ने निर्णय गरेको छ । हवाइ उडासँगै सीमा नाका पनि जेठ मसान्तसम्मै बन्द गर्ने निर्णय भएको छ । सरकारले आन्तरिक तथा बाह्य दुवै उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।
मंगलबार बसेको समितको बैठकले सो निर्णय गरेको हो । यसअघि जेठ १८ सम्म उडान तथा सीमा नाका बन्द गर्ने निर्णय भएको थियो ।