|  

BREAKING

भारत र चीनसँग जोडिएको सबै सिमा नाका बन्द

९ चैत्र २०७६, आईतवार १७:०७ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


सरकारले सोमबारबाट लागू हुनेगरी भारत र चीनसँग जोडिएको सबै सिमा नाका बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्येनजर गर्दै आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै छिमेकी मुलुकसँग जोडिएका सिमा नाका बन्द गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । यसबारे सरकारले केहीबेरमै औपचारिक पत्रकार सम्मेलनमार्फत सम्पूर्ण जानकारी दिने तयारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा चार घण्टा छलफल भएको थियो । त्यस्तै, बैठकले कोरोना भाइरस नियन्त्रणसँग सम्बन्धित अन्य निर्णयहरुसमेत गरेको छ ।

९ चैत्र २०७६, आईतवार १७:०७  मा प्रकाशित

Write your Comment

Top Brands