|  

BREAKING

पेट्रोलको र डिजेल मूल्य प्रतिलिटर दुई रुपैयाँ घट्यो

३ चैत्र २०७६, सोमबार १८:०८ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य समायोजना गरेको छ ।
सोमबार राती १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।
खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने साबिककै यथावत रहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेले बताए ।
नियमित मूल्य समायोजन प्रक्रिया अन्र्तगत नै इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ ।
निगमले माघ २० गते मूल्य समायोजन गरेर पेट्रोल र डिजेलमा एक रुपैयाँ प्रतिलिटर मूल्य घटाएको थियो भने हवाई इन्धनको मूल्य यथावत राख्दै एलपजिी ग्याँसको मूल्यमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको थियो ।
श्रोत : नोटबजार
 

३ चैत्र २०७६, सोमबार १८:०८  मा प्रकाशित

Write your Comment

Top Brands