|  

BREAKING

टिपरको ठक्करबाट आमा छोरीको मृत्यु ! स्थिति नियन्त्रणमा लिन प्रहरीले गर्यो हवाई फायर

३ चैत्र २०७६, सोमबार १७:४८ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


टिपरको ठक्करबाट आमा छोरीको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्तले पनौतीमा प्रदर्शन गरेका छन् । आक्रोशितले प्रहरी बिट जलाएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले २ राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ । केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।

पनौतीमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा खानीखोला गाउँपालिका–१ की २६ वर्षीय जुनीमाया तामाङ र ३ वर्षीय छोरी स्मारिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । चालक रोशी–६ का नवराज थापा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । स्थानीय कालिका प्राथमिक विद्यालयको प्रधानाध्यापकसमेत रहेकी उनले परीक्षा व्यवस्थापनको जिम्मेवारी अरुलाई दिएर स्वास्थ्य जाँचको लागि बनेपा आउँदै गर्दा टिपरले ठक्कर दिएको थियो ।

श्रोत : कान्तिपुर दैनिक

३ चैत्र २०७६, सोमबार १७:४८  मा प्रकाशित

Write your Comment

Top Brands