|  

BREAKING

टु्टल र पठाओलाई सेवा बन्द गर्न यातायातको निर्देशन (सुचना पत्र सहित)

२८ फाल्गुन २०७६, बुधबार १७:०२ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


ट्याक्सी व्यवसायीहरुले टुटल र पठाओको सेवा बन्द गर्द माग गरिहेको बेला यातायात ब्यवस्था विभागले अन्य प्रयोजनका सवारीले भाडाको यात्रु बोक्न नपाउने स्पष्ट पारेको छ।

विभागले कानुनको उल्लंघन गरी अन्य प्रयोजनमा दर्ता भएका सवारीले भाडाका यात्रु बोके कारवाही हुने भन्दै सूचना प्रकाशित गरेको छ।

कानुन विपरित सेवा प्रवाह गरेको भन्दै ट्याक्सीचालकहरु टुटल र पठाओलाई भाडाका यात्रु बोक्न नदिन बुधबार विभाग घेराउ गर्न पुगेका थिए।

बुधबार विभागले जारी गरेको सूचनामा अन्य प्रयोजनमा दर्ता भएका सवारीसाधनले भाडा लिएर यात्रु ओसार्ने काम तत्काल बन्द गर्न भनेको छ ।

सूचनामा यातायात व्यवस्था ऐनको दफा १२ मा ‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनमा लगाउन पाइने छैन’ भन्ने व्यवस्था रहेको छ।

बिगतमा पनि टुटल र पठाओले यात्रु बोक्न पाउने नपाउने सम्बन्धमा विवाद भएपछि यसको सेवा बन्द भएको थियो। ट्राफिक प्रहरीले सडकमा टुटल र  पठाओका चालकलाई कारवाही थालेपछि यो  विवाद उत्कर्षमा पुगेको थियो।

यातायात मन्त्री वसन्तकुमार नेम्वाङको निर्देशनमा फेरि टुटल र पठाओले आफ्नो सेवा संचालन गर्दै आएका थिए। ट्याक्सी व्यवसायीहरुले भने टुटल र पठाओ सेवाले आफ्नो व्यवसायमा गम्भीर असर परेको भन्दै बन्द गर्न माग गर्दै आएका छन्।

२८ फाल्गुन २०७६, बुधबार १७:०२  मा प्रकाशित

Write your Comment

Top Brands