काठकाडौं । लामो समयदेखि राइड सेयरिङका रुपमा रहेका टुटल र पठाओ सञ्चालनका विषयमा रहँदै आएको विवाद फेरि बल्झिएको छ ।
ट्याक्सी व्यवसायीले मंगलबार यातायात व्यवस्था विभाग घेराउ गर्दै टुटल र पठाओ बन्द गर्न माग गरेपछि यो विवाद फेरि बल्झिएको हो ।
ट्याक्सी व्यवसायीले पटक पटक टोटल, पठाओ बन्द गर्न माग राखेर आन्दोलन गर्दै आएका छन् ।
निजि प्रयोजनका लागि निकालिएका सवारी साधनमा यात्रु बोक्न नपाइने भन्दै व्यवसायीहरु यातायात विभाग पुगेका थिए ।
टुटलले मोटरसाइकल तथा पठाओले मोटरसाइकल र उपत्यकामा चल्ने सामान्य ट्याक्सीलाई पनि आफूसँग आबद्ध गराएर मोबाइल एपमार्फत सञ्चालन गर्दै आएका छन् ।
सरकारले टुटल र पठाओलाई नियमन गरेर सञ्चालन गर्ने तयारी गरिरहेको छ । प्रधानमन्त्री र विभागीय मन्त्री टुटल र पठाओलाई नियमन गरेर सञ्चालन गर्ने पक्षमा छन् ।
भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयले त्यसको जिम्मा मंसिरमै विभागलाई दिए पनि विभागले नियमन कानुन बनाउने तथा नियमन गर्ने विषयमा गम्भीरता देखाएको पाइएको छैन् ।
विभागका प्रमुख गोगनबहादुर हमालले संघीय सवारी तथा यातायात व्यवस्था गर्न बनेको विधेयकमा राइड सेयरिङसम्बन्धी व्यवस्था गरिएको बताएका छन् ।
टुटल र पठाओमाथि यसअघि नै दुरुईपटक बन्द गर्ने असफल प्रयास भएको छ । राजधानी दैनिकबाट ।