|  

BREAKING

कारको ठक्करबाट मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु

८ श्रावण २०७६, बुधबार १७:१९ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


हेटौंडा उपमहानगरपालिका–४ शितलमहलचोक निवासी सुमन कार्की नाम गरेका एक युवकको मोटरसाइकल दुर्घटनामा  मृत्यु भएको छ ।

आइतबार भीमफेदी गाउँपालिकाको त्रिखण्डी मन्दिर नजिक भएको मोटरसाइकल दुर्घटनामा हेटौंडाका सुजन कार्कीको गएराती करिब १० बजे उपचारको क्रममा मृत्यु भएको हो ।

भैंसेबाट हेटौंडातर्फ आउने क्रममा यातायात व्यवस्था कार्यालयको सरकारी कारसँग ठक्कर खाएर कार्की गम्भिर घाइते भएका थिए । उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको थियो ।

गम्भिर घाइते भएका कार्कीको मंगलबार करिब १० बजे उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । कार्की हेटौंडा स्कुल अफ म्यानेजमेन्टको कक्षा १२ मा अध्ययनरत थिए ।

मोटरसाइकलमा रहेका अर्का एक युवकको हेटौंडा स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको जनाइएको छ । मोटरसाइकललाई ठक्कर दिएको यातायात कार्यालयको कार मकवानपुर प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

कार्कीको आज बुधवार बिहान भरतपुरस्थित पुरानो मेडिकल कलेजमा पोष्टमार्टम भएको छ । उनको शव आफन्तले बुझेको मकवानपुर प्रहरी प्रवक्ता भट्टराईले जानकारी दिए ।

Photo Source : Mandip Saud

८ श्रावण २०७६, बुधबार १७:१९  मा प्रकाशित

Write your Comment

Top Brands