असार १७ गतेदेखि लागु हुने गरी सवारीसाधन धनीले दुईवटा सडक खण्डमा बढी सडक दस्तुर तिर्नु पर्ने भएको छ। सडक बोर्डले नौबिसे-मुग्लिन र हेटौडा नारायणगढ सडक खण्डमा तिर्नु पर्ने सडक बढाएको हो ।
अब नौबिसे-मुग्लिन सडक खण्डमा भारी सवारी साधन (बस, मिनिबस, ट्रक, मिनीट्रक र हेभी मशिनरी)ले १२० रुपैयाँ तिर्नु पर्ने छ । त्यस्तै हलुका सवारी साधन ( कार, जिप, पिकअप, भ्यान, र ट्रयाकटर) ले ५० रुपैयाँ तिर्नु पर्ने छ । तिनपांग्रे टेम्पो र मोटरसाइकलले १० रुपैयाँ तिर्नु पर्ने छ ।
त्यस्तै हेटौडा-नारायणगढ सडक खण्डमा भारी सवारी साधन (बस, मिनिबस, ट्रक, मिनीट्रक र हेभी मशिनरी)ले १०० रुपैयाँ तिर्नु पर्ने छ । त्यस्तै हलुका सवारी साधन ( कार, जिप, पिकअप, भ्यान, र ट्रयाकटर) ले ४० रुपैयाँ तिर्नु पर्ने छ । तिनपांग्रे टेम्पो र मोटरसाइकलले १० रुपैयाँ तिर्नु पर्ने छ ।
चैत १४ गते बसेको मन्त्रिपरिषदको बैठकले साना र ठूला गाडीले सडक प्रयोग गरे वापत तिर्नुपर्ने दस्तुर वृद्धि गरेको थियो । सोहि दस्तुर असार १७ गतेदेखि लागु हुने भएको हो ।