पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा आइतबार विपरित दिशाबाट गएको बस र माइक्रोबस ठोकिँदा कम्तिमा ५ जनाको निधन भएको छ।
काठमाडौंबाट बुटबल भैरहवा जाँदैगरेको यात्रुबहाक बस र पोखराबाट काठमाडौं आउँदै गरेको माइक्रोबस कृष्णभीर नजिक एकआपसमा जुध्दा माइक्रोबसका चालकसहित अन्य चार जनाको निधन भएको स्थानीय सुरक्षाकर्मीले बताएका छन्।
आइतबार बिहान काठमाडौंबाट आउँदै गरेको यात्रुबहाक बसले पोखराबाट आउँदै गरेको बा २ ख ४५६८ नम्बरको माइक्रोबसलाई ठक्कर दिँदा उक्त माइक्रोबसका चालकसहित चार जना यात्रुको घटनास्थलमा मृत्यु भएको र अन्य यात्रुहरु घाइते भएको प्रहरीले जनाएको छ।
बसको ठक्करले माइक्रोबस पूर्णरुपले क्षतिग्रस्त भएको छ भने बसको अगाडिको भाग पनि क्षतिग्रस्त भएको छ। दुर्घटनामा परी घाइते भएका यात्रुहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ भने मृतकको परिचय खुल्न बाँकी नै छ।
अपरान्ह भएको दुर्घटनाका कारण धादिङस्थित पृथ्वी राजमार्गमा सवारी आवागमन केहि समय अबरुद्ध हुँदा यात्रुहरु अलपत्रको अवस्थामा परेका छन्।
पृहरीले अवरुद्ध सडक खुलाउने क्रम जारी राखेको छ।