|  

BREAKING

नियम मिच्ने गृह मन्त्रालयका सह–सचिवकै गाडीमा लक

१४ असार २०७६, शनिबार ०९:४१ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


ट्राफिक व्यवस्थापनको नियम पालना गराउने प्रहरी जवानले ‘नो पार्किङ’मा राखिएको गृह मन्त्रालयका सह–सचिव रामकृष्ण सुवेदीको गाडीमा लक लगाएका छन् ।

नियम मिच्ने चार पाङ्ग्रे सवारीमा ट्राफिक प्रहरीले लक लगाउन थालेको थियो । यहि क्रममा सिंहदरबार क्षेत्रमा अनधिकृत रूपमा सुवेदी चढ्ने गाडी पार्किङमा देखेपछि ति जवानले लक लगाइदिए ।

केही कर्मचारीले ति जवानलाई धम्क्याएका थिए । तर, सर्वसाधारण र प्रत्यक्षदर्शीले भने– स्याबास् ट्राफिक प्रहरी जवान !

प्रहरीका अनुसार पार्किङ गर्न निषेध गरिएको ठाउँमा बा२झ ३४६ नम्बरको गाडी राखेर सुवेदी चमेना गृह निस्किएका थिए । कतिपय सर्वसाधारणले ति जवानलाई कारबाही हुनसक्ने भन्दै त्यसो भएको खण्डमा राम्रो नहुने बताएका छन् ।

१४ असार २०७६, शनिबार ०९:४१  मा प्रकाशित

Write your Comment

Top Brands