|  

BREAKING

मापसे गरेर कार चलाउँदा इन्जिन सडकमा चालक अस्पतालमा !!!

१४ असार २०७६, शनिबार ०९:३२ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


काठमाडौंको जमलमा एक कार दुर्घटनामा परेको छ । केशरमहलबाट जमलतर्फ गइरहेको बा ११ च ३६०४ नम्बरको कार शनिबार बिहान ६ बजेतिर दुर्घटनामा परेको हो ।
ट्राफिक प्रहरीले यस कार दुर्घटनालाई ‘भयानक’ भनेको छ । यद्यपि मानवीय क्षति भने भएको छैन ।
 दुर्घटनामा चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते भएको प्रहरीले जनाएको छ । कारमा सवार अन्य तीन जना रहे पनि सबै सकुशल रहेका छन् । चालकले मापसे गरेर गाडी चलाउँदा दुर्घटना भएको हो ।
कार गलत लेनमा गएर होटल एलो प्यागोडा अगाडिको सडकको रेलिङमा ठोक्किँएको हो ।

Photos : Diipak Shrestha

१४ असार २०७६, शनिबार ०९:३२  मा प्रकाशित

Write your Comment

Top Brands