|  

BREAKING

सुन्दरीजलबाट रत्नपार्क आउँदै गरेको बस गोकर्णमा दुर्घटना, एक जनाको मृत्यु

५ असार २०७६, बिहीबार १०:४० प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं। गोकर्णेश्वर नगरपालिका–४ स्थित इटिचोक नजिक सार्बजनिक बस दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।सुन्दरीजल रत्नपार्क रूटमा चल्ने बा १ ख ८७४४ नम्बरको सो बस सुन्दरीजलबाट यात्रु बोकेर रत्नपार्क तर्फ जाने क्रममा बिहीबार करिब साढे १ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।

बस सडकबाट करिब ५ फिट तल खेतमा खसेको थियो।बसका अन्य घाइते १६ जना यात्रुको भने नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ।
मृत्यु हुनेमा बसकै सहचालक हुन सक्ने प्रहरीले अनुमान गरेको छ। प्रहरीले जनाएअनुसार बसका चालक भने अहिले फरार रहेका छन्।

५ असार २०७६, बिहीबार १०:४०  मा प्रकाशित

Write your Comment

Top Brands