|  

BREAKING

टाटा अल्ट्रोज नाडा अटो शोमा आउने, यस्तो हुनेछ मूल्य र विशेषता

३ असार २०७६, मंगलवार १२:५१ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । टाटाले मोटर्सले उत्पादन गरेको प्रिमियम ह्याचव्याक कार अल्ट्रोज नाडा अटो शो २०१९ मा नेपाल आउने भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ उक्त कार ल्याउन लागेको हो ।
टाटा मोटर्सले भारतीय बजारमा अल्ट्रोज छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हरेक वर्ष गर्दै आएको नाडा अटो शोमा टाटाको प्रिमियम ह्याचव्याक कार अल्ट्रोज आउन लागेको हो । टाटाले अल्ट्रोजको कन्सेप्ट २०१८ को अटो एक्सपोमा सार्वजनिक गरेको थियो ।
टाटाले अल्ट्रोजको उत्पादन मोडल यही वर्षको जेनेभा अटो शोमा सार्वजनिक गरेको थियो । २.० डिजाइन ल्यांग्वेजमा अल्ट्रोज बनेको हो । यो कारमा एलइडी प्रोजेक्टर हेडल्याम्प, डेटाइम रनिङ लाइट, अलोय ह्वील, मल्टिपल राइडिङ मोड, इन बिउल्ड नेभिगेसन, भ्वाइस कमान्ड, एप्पल कारप्ले, एन्ड्रोइड अटो कनेक्टिभिटीलगायत विशेषता रहने छ ।
त्यस्तै अल्ट्रोजमा सेमी–डिजिटल इन्ट्रुमेन्ट क्लस्टर राखिएको छ । टाटा अल्ट्रोज १.२ लिटर टर्बो पेट्रोल इन्जिन र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध हुनेछ । यो कारले मारुती सुजुकी बलेनो, होन्डा ज्याज, हुन्डाई आइ २० सँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
नेपाली बजारमा नाडा अटो शोमा आएलगत्तै बुकिङ सुरु गर्ने तयारी सिप्रदीले गरेको छ । टाटाको प्रिमियम ह्याचब्याक कार अल्ट्रोजको मूल्य करिब ३३ लाखदेखि ३५ लाख रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ ।

३ असार २०७६, मंगलवार १२:५१  मा प्रकाशित

Write your Comment

Top Brands