काठमाडौं । प्रहरीले विशिष्ट व्यक्तिको सुरक्षाका लागि खरिद गरेको कार्गेट मोटरसाइकल नेपाल आइपुगेको छ । प्रहरीले मोटरसाइकल खरिदका लागि केही समयअघि गरेको टेन्डरमा सुजुकीले मोटरसाइकल खरिदको टेन्डर जितेको थियो ।
प्रहरीले खरिद गरेको मोटरसाइकल नेपालमा आइपुगेर तयार पार्ने क्रममा मेरोअटोले फोटो फेला पारेको छ । प्रहरीले १३ करोड ९७ लाख रुपैयाँमा ३० वटा सुजुकीका मोटरसाइकल खरिद गरेको हो ।
जापानी मोटरसाइकल उत्पादन कम्पनी सुजुकीले उत्पादन गरेको ६ सय ५० सीसी इन्जिन क्षमताका ३० वटा मोटरसाइकल आइपुगेको हो । नेपालका लागि सुजुकी मोटरसाइकलको आधिकारिक बिक्रेता भीजी सुजुकीले उक्त मोटरसाइकल ल्याएको हो ।