|  

BREAKING

होन्डा सिटीको पाँचौँ संस्करण थाइल्यान्डमा सार्वजनिक

१७ बैशाख २०७६, मंगलवार ०२:१३ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


होन्डाले सिटीको नयाँ संस्करणलाई थाइयान्डमा डेभ्यू गराएको छ । सन् २०१४ मा सिटीको चौथो जेनेरेशन बजारमा ल्याएको सिटीको पाँचौँ संस्करण आउने भएको हो । यसको नयाँ मोडल तुलनात्मक रुपमा पुरानो कार भन्दा ठूलो र फराकिलो रहेको कम्पनीले जनाएको छ ।

यसको फ्रन्टमा फेसिकासँगै वाइड र्यापराउन्ड हेडल्याम्प री–डिजाइन फ्रन्ट बम्पर, वाइडर ग्रिल लगाइएको छ । कम्पनीले यस मोडललाई मारुती सियाज जस्तै माइल्ड हाइब्रिड भर्सनमा ल्याउने भएको हो । यसमा बीएस–६ मापदण्डको १.५ लिटर पेट्रोल र १.५ लिटर आईडिटक डिजेल इन्जिन दिइएको छ । दुबै इन्जिनमा स्टान्र्डड म्यानुअल ट्रान्समिसन र अप्सनल सीभीटी दिइएको छ ।

यसमा उपलब्ध १.५ लिटर आय भि टेक पेट्रोल इन्जिनले ६ हजार ६ सय आरपीएममा ११९ पीएस पावर उत्पादन गर्छ भने ४६ सय आरपीएममा १४५ एनएम टर्क उत्पादन गर्छ । यो मोडलमा पाँच स्पीड म्यानुअल र सीभीटी अप्सन दिइएको छ । यस्तै, १.५ एलआइ डिटेक डिजेल इन्जिनले ३६ आरपीएममा १०० पीएस पावरका साथै १७५० आरपीएममा २०० एनएम टर्क उत्पादन गर्छ । यो भर्सनमा ६ स्पीड एमटी लगाइएको छ । यो मोडलको बिक्री २०२० बाट सुरु हुने कम्पनीले जनाएको छ ।

१७ बैशाख २०७६, मंगलवार ०२:१३  मा प्रकाशित

Write your Comment

Top Brands